प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता, एमसीसीबारे 'निर्णायक' छलफल

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता, एमसीसीबारे 'निर्णायक' छलफल

प्रतिनिधिसभाको बैठकअघि सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा प्रचण्ड र नेपालसँगै माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ पनि सहभागी थिए ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौतमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । नेताहरूबीच एमसीसीकै विषयमा छलफल भएको बताइएको छ ।