रुसले क्षेप्यास्त्र प्रहार गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू

रुसले क्षेप्यास्त्र प्रहार गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू

रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका छन् । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् । 

रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गर्नुका साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको युक्रेनका सरकारी अधिकृत र सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने बताएको केहीछिनमै युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको थियो । किभको प्रमुख विमानस्थल नजिकै गोलाबारीको आवाज सुनिएको इन्टरफ्याक्स न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

युक्रेनका केही शान्तिपूर्ण सहरहरूमा हमला गरेको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्विटरमा लेखेका छन् ।