युक्रेन-रुस तनाव : तेलको भाउ सात वर्षयताकै उच्च

युक्रेन-रुस तनाव : तेलको भाउ सात वर्षयताकै उच्च

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।

बिहीबार पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनका कतिपय स्थानमा बमबारी भइरहेको बीबीसीले जनाएको छ। 
पुटिनको घोषणासँगै तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो।

जारी तनावको असर एशियाली सेयर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ।