संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।

बैठकले आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल गर्ने तयारी छ ।

गएको आइतबार एमसीसी संसद्मा टेबल गरिएको थियो ।