सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९३० जनाको एन्टिजेन र ३५ जनाको पीसीआर परीक्षण गर्दा आज २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै २४ घण्टामा १३ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतबाट फर्किएका १४ जनामा संक्रमण देखिएको हो । 

निर्देशनालयका अनुसार प्रदेशमा ८ सय ३० जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।