सुदूरपश्चिम प्रादेशिक महोत्सवको कलाकार लिष्टबाट दुर्गेश थापा आउट !

सुदूरपश्चिम प्रादेशिक महोत्सवको कलाकार लिष्टबाट दुर्गेश थापा आउट !

धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ ।

कैलालीको अत्तरियामा आजबाट सुरु भएको महोत्सवमा कलाकारको लिष्टबाट गायक तथा मोडल थापाको नाम हटाइएको हो ।

दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको आयोजकले जनाएको छ ।

थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको बताइएको छ ।