आईपीएल मार्च २६ देखि, खेल मुम्बई र पुनेमा हुने

आईपीएल मार्च २६ देखि, खेल मुम्बई र पुनेमा हुने

इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट यही मार्च २६ तारिखदेखि सुरु हुनेभएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यसको पुष्टि गरेको क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकबजले लेखेको छ ।

हिजो बिहीवार बेलुकी बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकमा यो प्रतियोगिता मर्च २६ देखि मे २९ तारिखसम्म हुने निर्णय लिइएको जनाइएको छ ।

आईपीएलका खेलहरू भारतको मुम्बई र पुने सहरमा मात्र हुने आयोजकले जनाएको छ । यसमा ५५ खेल मुम्बई र १५ खेल पुनेमा हुनेछन् । आईपीएलको खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।

यस पटक आईपीएलमा पहिलो पटक १० टोलीले सहभागी जनाउँदै छन् । यसपालि थपिएका दुई टोलीमा गुजरात टाइटान्स र लखनउ सुपर जाइन्ट्स रहेका छन् ।