नेपालमा थपिए २७५ कोरोना संक्रमित, एकको मृत्यु

नेपालमा थपिए २७५ कोरोना संक्रमित, एकको मृत्यु

देशभर आज २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय २८ नमुनाको परीक्षण गर्दा २ सय ७५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्या घटेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय ८० पुगेको छ । 

यसैगरी पाँच सय भन्दा बढी कोरोना संक्रमित रहेको जिल्ला घटेर तीन पुगेका छन् । जसमा काठमाडौं, ललितपुर र कास्की रहेका छन् । 

गएको २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ८ प्रतिशत छ । आज कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।