युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि युद्ध सुरु भएको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् ।
यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ । युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।
‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ ।
यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।