एजेन्सी । युक्रेनको सेनाले ३ हजार ५ सय भन्दा बढी रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । यस्तै‚ करिब २०० जनालाई बन्दी बनाइएको उनीहरूको दाबी छ।
युक्रेनी सेनाको दाबीअनुसार रूसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्यांक पनि गुमाएको बिबिसीले जनाएको छ । रूसी सेना अहिले युक्रेनको राजधानी किभमा पुगेको छ । राजधानी दुवै पक्षको बमबारी भइरहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले जनाएका छन् ।
रूसले युक्रेनमाथि तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ। राजधानी किभमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरू भने सार्वजनिक भएका छैनन्।