डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ । टिप्पर ब्याक गर्दा खसेको बुझिएको छ । मृतक र घाइतेको परिचयन खुलिसकेको छैन।