नयाँ नेतृत्वका लागी कैलाली काँग्रेसको आज निर्वाचन हुँदै, सभापतिका ३ प्रत्याशीका आ-आफ्नै तर्क !

नयाँ नेतृत्वका लागी कैलाली काँग्रेसको आज निर्वाचन हुँदै, सभापतिका ३ प्रत्याशीका आ-आफ्नै तर्क !

धनगढी ।  नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तरगत कैलालीमा आज हुने जिल्ला अधिवेशनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गर्दै तिन जना मैदानमा उत्रिएका छन् ।  

नेपाली काँग्रेस कैलालीको निर्वाचन समितिका अनुसार नयाँ पार्टी नेतृत्व चयन प्रक्रियाकाको  लागि टिम सहित जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट, प्रकाशबहादुर बम र संस्थापन इतर पक्ष अर्थात् शेखर कोइराला समूहबाट राम बहादुर कलेलले उम्मेदवारी दिएका छन् । 

आफ्नो जित सुनिश्चित रहेकोमा नेताहरूका आ-आफ्नै तर्क र दाबी रहेको छ । कैलाली काँग्रेसका संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार राम बहादुर कलेलले नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले काँग्रेसको लागी देखेको सपना कैलालीबाट पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए । ''नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले नेपाली काँग्रेसको लागी जुन भविष्य देख्नुभएको थियो । त्यो सपनालाई साकार पार्न । वर्तमान सन्दर्भमा अहिलेको काँग्रेसको कैलाली जिल्लाको गतिविधि सँग हाम्रो असहमति रहेको हुनाले डा. शेखर कोइरालालाई नेता मान्ने गरी कैलाली काँग्रेस कैलालीमा देखिएका गलत गतिविधिहरूलाई सुर्धान दुई सभापति, सचिव र सह-सचिव सहित भूगोल र समावेशी हुने गरी उम्मेदवारी दर्ता गराएको छु ।'' उनले भने । 

कलेलले हाम्रा टिमले आम मतदाताहरूकै सल्लाहमा उम्मेदवारी दर्ता गराएको हो । उहाँहरूले भोट दिएर जिताउनु हुन्छ भन्नेमा विश्वस्त रहेको बताउँदै भेट्न नसकिएका अन्य व्यक्तिहरूलाई पनि आफ्नो अमूल्य मत दिन आग्रह गरेका छन् । 

यस्तै, संस्थापन पक्षका सभापति पदका उम्मेदवार नारायणदत्त भट्टले काँग्रेसमा अनुशासन आवश्यक भएको र आफू सबल काँग्रेस परिवर्तन बनाउनका लागी उम्मेदवारी दिएको बताउँदै लोक तन्त्रको सुन्दर पक्ष निर्वाचन मा हुमिएको हुँदा सहयोग पाउनेमा विश्वस्त रहेको बताए । ''काँग्रेसको परिवर्तनका लागी सबै साथीहरूको भावना समेट्दै हारेका सतीहरूको समेत सम्मान गर्दै उम्मेदवारी दर्ता गराएको छु । अहिले कैलाली काँग्रेसमा अनुशासनको आवश्यकता छ । अनुशासन कायम गर्न र मेरो जीवन कालको लामो अनुभव, पूर्व उप-सभापति   लगायतको जिम्मेवारी वहन गरेका अनुभवहरूलाई प्रमाणित गर्न अहिले उम्मेदवारी दिएको छु । सबै साथीहरूले न्याय गर्नुहुने छ भन्ने विश्वास सहित भोट गर्न पनि अनुरोध गर्द छु ।'' उनले भने ।

यसै गरी, संस्थापन पक्षकै अर्का उम्मेदवार प्रकाश बहादुर बमले आफूले जीवनकालका २० वर्ष कैलाली काँग्रेसमा लगानी गरेको र जित्ने आधार अहिलेका प्रतिनिधिहरू नै रहेको बताए । नेता बमले आफ्नो लोक प्रियता देखेर प्रतिद्धन्दिहरुले केन्द्रीय तथा अन्य विभिन्न शक्तिहरू प्रयोग गरेर भए पनि चुनाव सार्ने सम्मका रणनीति खेलेको आरोप लगाए । ''मेरो जित्ने आधार अहिलेका प्रतिनिधि नै हुन् । मैले कैलाली काँग्रेसको जिल्ला समितिमा रहेर २० वर्ष लगानी गरेको छु । आज त्यो प्रमाणित गर्ने दिन आएको छ । अहिले प्रकाश बमका सामु केन्द्रीय शक्ति देखी सम्पूर्ण शक्ति एकजुट हुँदा पनि मलाई हराउने शक्ति कमजोर परिरहेको छ । त्यसैले अधिवेशन रोक्ने प्रक्रियामा निर्वाचन टोली रहेको छ । त्यसैले त्यो नै जित्ने आधार हो । तानासाही प्रवृत्ति लोकतान्त्रिक पद्धतिलाई समाप्त गर्दै अगाडी बढ्ने प्रयास गरिरहेको छ । त्यसका विरुद्धमा सम्पूर्ण मतदाता साथीहरूलाई एकजुट हुन मेरो आह्वान छ ।'' उनले भने । 

नेता बमले आफू जितिसके पश्चात् पूर्व, पश्चिम, उत्तर र दक्षिण फर्केमा काङ्ग्रेसहरूलाई एकजुट बनाएर लैजाने क्षमता रहेको दाबी गरे । उनले परिस्थिति अनुसार कैलालीमा आउने स्थानीय तहको निर्वाचनमा सक्दो बढी स्थानमा काँग्रेसलाई जिताउने प्रयत्न गर्ने बताए । 

आज आइतबार बिहान ८ बजेदेखि धनगढी स्थित ओम प्यालेसमा मतदान सुरु हुने बताइएको छ । भने  जिल्ला नेतृत्व हत्याउनका निम्ति आकाङ्क्षी नेताहरू भोट पाउने माहौल बनाउनमा अस्त व्यस्त छन् ।