युक्रेनको राजधानी कीभमा झ्यालहरु बन्द गरेर बस्ने आदेश जारी

युक्रेनको राजधानी कीभमा झ्यालहरु बन्द गरेर बस्ने आदेश जारी

रुसी सेनाले युक्रेनको तेल र ग्यास स्रोतमा नै क्रमश आक्रमण गरिरहेको छ । युक्रेनका धेरै भागबाट यस्ता आक्रमण भइरहेका खबर आएका छन्।

आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा आगलागी भएको देख्न सकिन्छ । यो हमलापछि पूरै क्षेत्रमा आँधी फैलिएको छ । राजधानी कीभमा हावा विषाक्त भएकोले झ्यालहरु बन्द गरेर बस्ने आदेश जारी गरिएको छ।

शत्रुहरु सबै कुरा नष्ट गर्न लागिपरेका सहरका मेयर नतालिया बालासिनोविचले बताए।

युक्रेनको पूर्वमा रुस समर्थित विद्रोहीले रोभेन्की सहरमा रहेको एउटा आयल टर्मिनल पनि उडाएको छ ।

रुसी सेनाले युक्रेनको पूर्वमा रहेको देशको दोस्रो ठूलो सहर खार्किभको प्राकृतिक ग्यास पाइपलाइनमा विस्फोट गराएको छ । यो सहर रुसी सिमाना नजिक छ।

 यो पाइपलाइनमा विष्फोट भएपछि रुसी ग्यास युरोप पुग्छ कि पुग्दैन भन्ने स्पष्ट छैन।