एमालेको सुदूरपश्चिम प्रदेशस्तीय अभिमुखिकरण धनगढीमा शुरु

एमालेको सुदूरपश्चिम प्रदेशस्तीय अभिमुखिकरण धनगढीमा शुरु

धनगढी । नेकपा एमालेको स्थानीय तहको निर्वाचन केन्द्रीत सुदूरपश्चिम प्रदेशस्तीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आइतबारदेखि प्रदेशको अस्थायी राजधानी धनगढीमा शुरु भएको छ । 

एमालेको केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको संयुक्त आयोजना तथा सुदूरपश्चिम प्रदेश कमिटिको व्यवस्थापनमा धनगढीको शुभश्री प्यालेसमा शुरु भएको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधिवत रुपमा उद्घाटन गरेका छन् । 

सोमबारसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रदेश कमिटिका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटिका पदाधिकारी समेत गरेर साढे पाँच सय जनाको सहभागिता रहेको छ । 

एमालेका केन्द्रीय उपाध्यक्ष पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले प्रशिक्षण गरिरहेको एमालेले जनाएको छ ।