धनगढी । हाल पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।