माधव नेपाल लगायताका नेताहरूलाई एमाले र केपी ओलीको भूतले तर्साई रहेको छ : प्रदीप ज्ञवाली

माधव नेपाल लगायताका नेताहरूलाई एमाले र केपी ओलीको भूतले तर्साई रहेको छ : प्रदीप ज्ञवाली

धनगढी । पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले माधव कुमार नेपाल लगायतका नेहरुलाई एमाले र केपी ओली को भूतले तर्साई रहेको टिप्पणी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालको कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सो टिप्पणी गरेका हुन् । 

माधव नेपाल लगायतका नेताहरू ले कुनै मुल्को राजनीति नभई अवसर र स्वार्थको राजनीति गरिरहेको ज्ञवालीको भनाई रहेको छ । युरोपलाई कम्युनिस्ट घोषण पत्रको पहिलो लाइन कम्युनिजमको भूतले तर्साए जस्तै ती नेताहरूलाई पनि केपी ओली र नेकपा एमाले फेरी सत्तामा आउँछ की ? हामीले उपभोग गरिरहेका अथवा पाई रहेका सेवा सुविधाहरू गुमाउनु पर्ने हो कि ? भन्ने खालका मनो वैज्ञानिक भय उत्पन्न भएको हुँदा उहाँहरू जुनसुकै खालको सम्झौता गर्न तयार भएको नेता ज्ञवालीको आरोप छ ।

“पहिलो कुरा त उहाँहरू कुनै मुल्को राजनीति गरिराख्नु भएको छैन । केवल अवसर र स्वार्थको राजनीति गरिराख्नुभएको छ। दोस्रो कुरा मार्सले कम्युनिस्ट घोषणा पत्रमा उल्लेख गरेको जस्तो युरोपलाई अहिले कम्युनिजमको भूतले तर्साई रहेको छ । भने जस्तै अहिले उहाँहरूलाई केपी ओली, नेकपा एमालेको भूतले तर्साई रहेको छ । केपी ओली, नेकपा एमाले फेरी सत्तामा फर्किन्छ भन्ने मनोवैज्ञानिक भय र आफ्नो भई परी आई रहेका सेवा सुविधाहरू गुम्छन् भन्ने त्यो भयले उहाँहरू जुनसुकै कम्प्रमाईज गर्न तयार हुनुहुन्छ ।” उनले भने । 

माधव नेपाल लगायतका नेताहरूले भन्ने गरेको राष्ट्रवाद, अग्रगमन राष्ट्रवाद, प्रगतिशीलता, संविधानको रक्षा लगायतका कुराहरूको अन्तिम चुरो पदको रक्षा भएको नेता ज्ञवालीको आरोप रहेको छ । यही बिचमा एमसीसी पास गर्नको नेपाली काँग्रेसले एमाले सँग अनुरोध र छलफल गरिराखेको अवस्थामा पनि हामीहरूले त्यो विषमा प्रवेश गर्नु पूर्व पहिला एमालेका मागहरू पुरा गर्न भनेको उनको प्रतिक्रिया छ ।

“हामीले महिनौँदेखि संसदमा प्रवेश गर्न नपाई रहेको आफ्ना कुरा राख्न नपाएको अवस्थामा आन्दोलनमा छौँ । हामीले कारबाही गरेका १४ जना सँँसदहरु लाई कारबाही गरिनु पर्‍यो, संसदवाट कारबाही गरेका गैर सांसदहरूलाई हटाइनु पर्‍यो र सभामुखले दोहोरो चरित्र देखाई सके पछि सभामुखले नै मार्ग प्रशस्त गरिदिनुपर्‍यो भन्ने हाम्रो प्रस्टमा माग छ ।  हामीले नेपाली काँग्रेस सित यो कुरामा स्पष्ट बहस चलाएका थियौँ । तर त्यसपछि उहाँहरू तर्सिनु भयो पद जोगाउनका निम्ति स्वार्थ पूर्तिका लागी जुनसुकै हद सम्म पनि जाने तयारी गर्नुभयो ।” 

नेताहरू का विभिन्न स्वार्थ भए पनि सडकमा आन्दोलनमा उत्रिएर टाउको फुटाई माग्ने कार्यकर्ताहरूको कुनै स्वार्थ नभएको नेता ज्ञवालीको भनाई रहेको छ । “सडकमा टाउको फुटाई माग्ने कार्यकर्ताहरूको कुनै स्वार्थ छैन । उहाँहरू त यही बाटो राम्रो होला भनेर लाग्नु भएको हो । आफ्ना पद लोलुप्त, अवसरवादी जो दिनमा तिन चोटि कुरा फेर्नु हुन्छ । त्यस्ताका पछाडि लागेर आफ्नो राजनीतिक जीवन किन बरबाद गर्नुहुन्छ ?”  उनले भने ।

यसका साथै संसदमा एमाले ले भदौ ३० गते देखी कुनै प्रक्रियामा सहभागी नभएको र सिर्फ सहिद र दिवङ्गत सांसदहरू प्रति मौन धारणका बेला मात्रै नारा स्थगित गरेको र अरू बाकी समयमा आफ्ना मागमा अडीक भई नाराबाजी गरिरहेको नेता ज्ञवालीले स्पष्ट पारेका छन् ।