एमसीसी पास भएपछि प्रचण्ड र माधव नेपालको अगाडि भीर र पछाडि पहिरो : महेश बस्नेत

एमसीसी पास भएपछि प्रचण्ड र माधव नेपालको अगाडि भीर र पछाडि पहिरो  : महेश बस्नेत

नेकपा एमाले का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र सत्ता गठबन्धनले एमसीसीको कारण नेपाललाई माधव नेपाल र प्रचण्डले अन्तर्राष्टिय शक्ति केन्द्रको खेल मैदान बनाउने प्रयत्न गरेको आरोप लगाएका छन् ।

फोहोर लागेको दौरा सुरुवाल लगाएर प्रचण्ड र माधव नेपालले अन्तिममा एमसीसी पास गराएको पनि उनको टिप्पणी छ । पत्रकार सँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधव नेपालको अगाडि भीर र पछाडि पहिरो रहेको दाबी गरे।

उनले भने,”सत्ता गठबन्धन कायम रहेपनि माओवादीकै साथीहरुको शब्द सापटी लिएर भन्नुपर्दा, प्रचण्ड कमरेड एमसीसीतिर, हामी एमालेतिर भन्नुभएको छ। अहिले माओवादी पार्टी छोड्ने अभियान सुरु भएको छ । माधव नेपालका भातृ संगठनहरुले त एमसीसी पास गराए किरिया गर्छु भनेका थिए । अब प्रचण्ड र माधव नेपालले परीणाम भोग्न तयार हुनुपर्छ ।”

उनले प्रचण्डले कांग्रेससँग आत्मसमर्पण गरेको पनि आरोप लगाए । उनले प्रचण्डको छेपारो प्रवृत्ति पनि अब लोपोन्मुख रहेको सुनाए । उनले प्रचण्ड र माधव नेपालप्रतिको नक्कली खोल पनि उत्रिएको सुनाए । उनले अहिलेको अवस्थामा सबैभन्दा धेरै जोखिम प्रचण्ड र माधव नेपालको पार्टी रहेको टिप्पणी गरे ।