सत्ता गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

सत्ता गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि राजमोले गठबन्धन त्यागेको घोषणा गरेको हो ।

“एमसीसी संसद्बाट अनुमोदन गराएपछि सत्ता गठबन्धनका दलहरु देशको हितका पक्षमा छैनन् भन्ने प्रमाणित भएको छ । यससँगै यो गठबन्धनको औचित्य पनि समाप्त भएको छ,” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “यस्तो जालझेल र षडयन्त्रका लागि हामी मतियार बन्ने कुरा भएन त्यसैले जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।” 

केसीले राजमोको सचिवालय बैठकले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको जानकारी दिए ।