कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणको मतदान हुने सम्भावना, कसको कति मत ?

कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणको मतदान हुने सम्भावना, कसको कति मत ?

धनगढी । कैलाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने सम्भावना बढेको छ ।

खसेको मतको ५१ प्रतिशत अर्थात १२८६ मत कुनै पनि उम्मेदवारलाई प्राप्त नहुने भएपछि दोस्रो चरणको मतदान हुने सम्भावना बढेको हो । ५८६ मत गणना हुन बाँकी रहँदा सभापति पदका उम्मेदवार प्रकाश वमले ८९६, अर्का उम्मेदवार नारायणदत्त भट्टले ७९७ र रामबहादुर कलेलले १७६ मत पाएका छन् ।

जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेकोमा दुई हजार ४८३ मत जनाले मतदान गरेका थिए । मतगणना अहिले पनि जारी छ । दिउँसो साढे २ बजेदेखि सुरु भएको थियो ।