माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पदाधिकारी छनोटका लागि आज निर्वाचन हुँदै

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पदाधिकारी छनोटका लागि आज निर्वाचन हुँदै

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारीको आगि आज चुनाव हुने भएको छ । सहमतिमा पदाधिकारी टुंग्याउन नसकिएपछि आज चुनाव हुन लागेको हो ।

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिना हुनै लाग्दा समेत पदाधिकारी टुंगो लाग्न सकेको थिएन । पदाधिकारीमा टुंगो लाग्न नसक्दा चुनावी प्रक्रियामा गएको हो । मतदान साँझ ६ बजे देखि हुने बताइएको छ । अहिले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ ।

२२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी निर्बाचित हुने छन्  ।

अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामीले उम्मेदवारी दिएका छन् । सचिबमा जनक बुढा र अमर सिं चौधरीले उम्मेदवारी दिएका छन्  ।