कैलालीमा कांग्रेस जिल्ला सभापति चुन्न पुन: निर्वाचन हुने, बम र भट्टबीच प्रतिस्पर्धा

कैलालीमा कांग्रेस जिल्ला सभापति चुन्न पुन: निर्वाचन हुने, बम र भट्टबीच प्रतिस्पर्धा

धनगढी । कैलाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । खसेको मतको ५१ प्रतिशत अर्थात १२८६ मत कुनै पनि उम्मेदवारलाई प्राप्त नगरेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । तीनै जनाले ५१ प्रतिशतभन्दा बढी मत कटाउन सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् ।

अब सभापति पदका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । तेस्रो भएका शेखर कोइराला पक्षका रामबहादुर कलेलले भने प्रतिस्प्रर्धाबाट बाहिरिएका छन् ।