निर्वाचन आयोगले सरकारलाई भन्यो-'आगामी चैत १५ पछि कर्मचारीको सरुवा नगर्नू'

निर्वाचन आयोगले सरकारलाई भन्यो-'आगामी चैत १५ पछि कर्मचारीको सरुवा नगर्नू'

निर्वाचन आयोगले आउँदो चैत १५ गतेपछि कर्मचारीहरुको काज तथा सरुवा नगर्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले चैत १५ गतेभित्रै संघ, प्रदेश र स्थानीय तहमा कामकाज लागि खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्ने र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवारपदस्थापन गरिसक्न भनेको छ। 

चैत १५ भित्र संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरवन्दीको तह र पदनाम बमोजिम सरुवा/पदस्थापन भएका कर्मचारीहरुको स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्न आयोगको अनुरोध छ।

आयोगले सोही निर्णय  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको छ।