'केपी बा आइलभयु' भनेझैँ अब जिम्मेवार बन्न खेलाडीहरूलाई एमाले सचिव भट्टको आग्रह

'केपी बा आइलभयु' भनेझैँ अब जिम्मेवार बन्न खेलाडीहरूलाई एमाले सचिव भट्टको आग्रह

धनगढी । पूर्व मन्त्री, नेकपा एमालेका सचिव एवम् एमाले सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले युवा तथा खेलाडीहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । नेता भट्टले जसरी केपी आली सबैको लोकप्रिय बनेका छन् त्यसै गरी सुदूरका खेलाडीहरूले पनि आफ्नो कला कौशल देखाउन आग्रह गरेका हुन् । 

सोमबार धनगढीमा जारी नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै एमाले सचिव भट्टले केपी बा आईलभ यु भने झैँ अब त्यसको अर्थ बुझेर आफू पनि त्यस्तै लोकप्रिय काम गर्नमा अग्रसर हुन आग्रह गरेका छन् ।

“तपाईँहरूले केपी बा आईलभ यु किन भन्नु हुन्छ ? त्यसको पछाडि के छ ? केपी ओली कसरी लोकप्रिय कसरी बने ? आफूले किन भनेको भन्ने कुरा महसुस गर्नुस् । जसरी ओलीले कोही नागरिक, बालबालिका भोको नरहुन्, समृद्ध नेपाल सुखी नेपाल बनाउने निर्णय लिनुभयो । कोही बालबालिका सरणमा जानु नपरोस्, देश गरिब नरहोस् भनेर संकल्प लिएर अगाडी बढ्नुभयो । त्यसैले सबैको बा बन्न सफल भएका छन् । ”उनले भने । 

नेता भट्टले अब सबै युवा, खेलाडीहरूले पनि नेपालीको मन जित्ने लोकप्रिय काम गर्ने बेला आएको र युवाहरू बाट नै एमालेले फेरी ओली जस्तै अर्को लोकप्रिय नेतृत्व गर्न सक्ने युवाको खोजी रहेको आशय व्यक्त गरेका छन् ।  

यद्धपी खेलकुद क्षेत्रमा राज्यको उल्लेख्य लगानी नहुँदा पनि आफ्नै खर्चमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपाललाई खेलका माध्यमबाट चिनाई रहेका खेलाडी सुदूरपश्चिमका रहेकोमा नेता भट्टले खुसी व्यक्त गर्दै नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको नयाँ चुनिने कार्य समितिलाई सफलताको शुभकामना दिएका छन् ।