पहाडी भूभागमा आंशिक बदली : आजको मौसम

पहाडी भूभागमा आंशिक बदली  : आजको मौसम

देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेकोछ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको छ।

प्रदेश १, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।