एमसीसीबारे धारणा राख्न आज ओलीले पत्रकार सम्मेलन गर्दै

एमसीसीबारे धारणा राख्न आज ओलीले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । 

एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् । 

आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।