जेनेलिस्कीले आफ्नो ज्यान जोगाएर रुस फिर्ता हुन रुसी सेनालाई चेतावनी

जेनेलिस्कीले आफ्नो ज्यान जोगाएर रुस फिर्ता हुन रुसी सेनालाई चेतावनी

युक्रेनका विभिन्न क्षेत्रमा युद्ध चलिरहेको छ । युक्रेनले रुसी सेनाले ठूलो क्षति व्यहोरेको दाबी गरेको छ । तर, रुसले भने क्षतिबारे केही उल्लेख गरेको छैन ।रुसले युक्रेनी सैन्य ठेगानालाई मात्र केन्द्रित गरेर सैन्य कारबाही गरिएको बताउँदै आएको छ । 
 
युद्धका बीच सोमबार भएको रुस र युक्रेनबीचको शान्तिवार्ता सकिएको छ । बेलारुसको कुनै अज्ञातस्थलमा सोमबार करिब ३ घण्टा चलेको वार्तामा कुनै सहमति नजुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

गत बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गरेको छ । वार्तामा युक्रेनले रुसी सेना फिर्ता हुनुपर्ने सर्त राखेको जनाइएको छ । उसले क्रिमिया र डोनबास क्षेत्रबाट रुसी सेना निसर्त फिर्ता हुनुपर्ने माग राखेको छ । तर, रुस यो मागमा सहमत नभएको बताइएको छ । 

वार्ताअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेनेलिस्कीले आफ्नो ज्यान जोगाएर रुस फिर्ता हुन रुसी सेनालाई चेतावनी दिएका थिए । युद्ध सुरु भएको पाँच दिन बित्दा युक्रेनको राजधानीमा रुसी सेना घुसिसकेको छ ।