नेपाल परिवार दलका अध्यक्ष ढकाल र फिलिपिन्सकी पूर्व राष्ट्रपति आरोयो बीच भेट

नेपाल परिवार दलका अध्यक्ष ढकाल र फिलिपिन्सकी पूर्व राष्ट्रपति आरोयो बीच भेट

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले फिलिपिन्सकी पूर्व राष्ट्रपति ग्लोरिया माकापागल आरोयो संग भेट गरेका छन्।  

पूर्व राष्ट्रपति आरोयोको मनिला स्थित निवासमा भएको  भेटमा पारस्परिक हित र क्षेत्रीय शान्ति सुरक्षाको सम्बन्धमा छलफल भएको नेता ढकालको सचिबालयले जनाएको छ। 

भेटमा भर्खरै दक्षिण कोरियामा सम्पन्न विश्व शिखर सम्मेलनको उपलब्धिको बारेमा पनि छलफल भएको थियो। सन् २००१ देखि १० सम्म फिलिपिन्सकी राष्ट्रपति भएकी आरोयो पूर्व सभामुख समेत हुन् । 

हाल प्रतिनिधि सभाकी सदस्य समेत रहेकी उनि फिलिपिन्सको प्रभावशाली नेत्री हुन्।