विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालद्धारा पार्टी परित्यागको घोषणा

विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालद्धारा पार्टी परित्यागको घोषणा

धनगढी । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टी परित्याग गरेका छन् । मंगलबार पार्टीका अध्यक्षलाई राजिनामा पत्र लेख्दै संयोजक हमालले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । उनले धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएपछि पार्टी परित्याग गरिएको बताएका छन् ।

हमाल २०७४ साउन २८ गतेदेखि विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए ।