भीम रावल हिरो बने कारवाहीमा पर्न सक्ने : ओली

भीम रावल हिरो बने कारवाहीमा पर्न सक्ने : ओली

ओलीले भीम रावल हिरो बन्न खोजेको आरोप लगाएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भीम रावललाई कारवाही गर्न सक्ने संकेत दिएका छन् । 

आइतबार संसदबाट अनुमोदित अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा सार्वजनिक गर्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो संकेत गरेका हुन् ।

गत आइतबार प्रतिनिधिसभाबाट एमसिसी पारित हुने समयमा एमालेले आफ्ना पूर्ववर्ती माग राख्दै विरोध जनाइरहेको थियो । तर, रावलले त्यो बैठकमा एमसिसीमाथि छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखेका थिए ।

‘पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ,’ ओलीले पत्रकार सम्मेलनमा भनेका छन्, ुमैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ । आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन् ।ु