केदारस्यू गाउँपालिका अध्यक्ष श्री इन्द्रबहादुर भण्डारीद्वारा १५ शैयाको अस्पताल शिलान्यास

केदारस्यू गाउँपालिका अध्यक्ष श्री इन्द्रबहादुर भण्डारीद्वारा १५ शैयाको अस्पताल शिलान्यास

दोरेन्द्र खड्का  बझाङ । केदारस्यू गाउँपालिकामा बन्ने १५ शैयाको अस्पतालको आज शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष इन्द्र बहादुर भण्डारीले अस्पतालको आज उद्घाटन गर्नु भएको हो । 

गाउँपालिकाको वडा नं. १ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा बन्न लागेको १५ शैयाको अस्पतालको गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा अस्पतालको उद्घाटन गरिएको हो ।

केन्द्रीय सरकारले प्रत्येक पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार केदास्यू गाउँपालिकामा अस्पताल निर्माण हुन लागेको हो । १८ करोडमा निर्माण हुन लागेको उक्त अस्पतालको निर्माण अवधि दुई वर्ष रहेको छ । अस्पताल निर्माणका लागी जागृति निर्माण सेवा, प्रतिष्ठान कन्स्ट्रक्सन र पावर निर्माण सेवाले जिम्मा पाएका छन् । 

गाउँपालिकामा उपयुक्त संरचना तथा डा. हरूको सुविधा नभएपछि केदारस्यू गाउँपालिकाका अधिकांश सामान्य खालका बिरामीहरूले पनि डडेलधुरा वा जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको छ । पालिकामा नै १५ शैयाको दक्ष चिकित्सकसहितको अस्पताल निर्माण हुन लागेपछि केदारस्यु गाउँपालिकाका स्थानीयहरू खुसी भएका छन् ।