कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणमा बमलाई राम बहादुरले सघाउने

कैलाली काँग्रेस अधिवेशन : दोस्रो चरणमा बमलाई राम बहादुरले सघाउने

धनगढी । नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि भोली फागुन १९ गते दोस्रो चरणको निर्वाचन हुदैँछ । जिल्ला सभापतिको दौडमा रहेका प्रकाश बम, नारायणदत्त भट्ट र निर्वाचन समितिबीच भएको छलफलले १९ गते दोस्रो चरणको निर्वाचन गर्ने टुङ्गो लगाएको हो ।

काङ्ग्रेस सभापति चयनका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न योग्य भएका बम र भट्ट दुवै जना संस्थापन पक्षका हुन । संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका रामबहादुर कलेल भने पहिलो चरणबाट बाहिरिएका छन् ।

अब कलेलले प्रकाश बमलाई समर्थन गर्ने घोषण गरेका छन् ।  बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै कलेल समुहले आफ्ना मतदातालाई अब सभापतिका उम्मेदवार बमलाइ मत दिन आग्रह गरेका छन् । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत पु¥याउन सकेका थिएनन् ।