गोपाल हमालद्धारा धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा

गोपाल हमालद्धारा धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी । विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज धनगढीमा उम्मेदवारी घोषणा कार्यक्रम गर्दै उनले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि हमालले आज धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र ढंगले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

हमाल चार वर्षदेखि विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक थिए। उनले मंगलबार पार्टीको प्रदेश संयोजक र साधारण सदस्यसमेत त्याग गरेका थिए ।