किन छाएका छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की टाइम म्यागजिनको कभरमा ?

किन छाएका छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की टाइम म्यागजिनको कभरमा ?

युक्रेनका धेरैभन्दा धेरै मानिसले प्रतिष्ठित टाइम पत्रिकाको म्यागजिनको कभरमा लेखिएको छ – वोलोदिमिर जेलेन्स्की र युक्रेनका नायक ।

युक्रेनियन भाषामा जेलेन्स्कीको भाषणको  अंश समावेश गरेको छ जुन उनले हालै युरोपेली संसदको विशेष सत्रमा दिएका त्यो अंश हो  – मृत्युमाथि जीवनले जीत हासिल गर्नेछ र अन्धकारमाथि प्रकाशको जीत हुनेछ ।

राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मंगलबार भिडियो लिङ्कमार्फत् युुरोपेली संसदको विशेष सत्रलाई सम्बोधित गर्दै आफ्नो देशमा जे भइरहेको छ त्यो एक त्रासदी भएको बताएका छन् ।

जेलेन्स्कीले भने, ‘हामीलाई कसैले तोड्न सक्दैनन् किनभने हामी युक्रेनियन हौँ ।’

अमेरिकी पत्रिकाको कभर स्टोरीमा रुसको आक्रमण सुरु हुँदा राजधानी किएभमा बस्ने विकल्प छानेर जेलेन्स्कीले इतिहास रचेको दाबी गरिएको छ । र यसैको परिणाम अमेरिका र उसको सहयोगी देश रुसविरुद्ध थप गम्भीर कारवाही गर्नका लागि अघि बढेका छन् ।