प्रदेश युवा परिषद् सुदूरपश्चिमद्वारा शिवपुरी धाम परिसर सरसफाइ

प्रदेश युवा परिषद् सुदूरपश्चिमद्वारा शिवपुरी धाम परिसर सरसफाइ

धनगढी । प्रदेश युवा परिषद सुदूरपश्चिमले स्वच्छ प्रदेश स्वस्थ युवा, स्वस्थ युवा सम्बृद्ध प्रदेश भन्ने नाराका साथ समाजका लागी एक दिन भन्दै धनगढकिो शिवपुरीधाम क्षेत्रमा सरसफाई गरेको छ ।

महाशिवरात्री पर्वमा लागेको मेलाका कारण धाम क्षेत्रमा निकै फोहोर भएको थियो । सो फोहोर सफा गरी शिवपुरी धाम क्षेत्रलाई सफा सुन्दर बनाउन र युवाहरुमा समाजसेवाको भावना जागृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए ।

परिषदको बार्षिक कार्यक्रम अन्तरगत युवाहरुमा सकारात्मक सोचको बिकास गर्ने र बिभिन्न सामाजिक कार्यहरुमा युवाहरुको सहभागितालाई बढावा दिन कार्यक्रमले राम्रो शन्देस दिने सहभागिहरुले बताउका छन् ।

सरसफाई कार्यक्रममा ७ नम्बर रुद्र ध्वज गुल्म धनगढीबाट नेपाली सेना र नेपाल प्रहरी लगायतका बिभिन्न युवाहरुको उल्लेख्य सहभागिता थियो ।