उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना : आजको मौसम

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना : आजको मौसम

धनगढी । देशको उच्च पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

दिउँसो देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। देशका पहाडी भूभागका थोरै  स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती  देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।