पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि पछिको दर कति ?

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि पछिको दर कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । 

निगम सञ्चालक समितिको बैठकले बिहीबार राति  १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँका दरले वृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । 


यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ  र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ ।