चरित्र हत्या भएको भन्दै रेखा थापाले दिइन् प्रहरीमा उजुरी

चरित्र हत्या भएको भन्दै रेखा थापाले दिइन् प्रहरीमा उजुरी

नायिका रेखा थापाले आफूहरुको चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् ।

आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् । 

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबरविरूद्ध निवेदन दिएकी हुन्।