सुदूरमै पहिलो प्राइभेट हस्पिटलका रूपमा धनगढीको नवजीवन अस्पतालले डायलिसिस सेवा सञ्चालन गर्दै

सुदूरमै पहिलो प्राइभेट हस्पिटलका रूपमा धनगढीको नवजीवन अस्पतालले डायलिसिस सेवा सञ्चालन गर्दै

धनगढी । सुदूरपश्चिममै पहिलो प्राइभेट हस्पिटलका रूपमा धनगढीको जनजीवन अस्पतालले डायलिसिस सेवा सञ्चालनमा ल्याउने भएको छ । शुक्रवार अस्पतालले पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा  वैशाख भित्रै  डायलिसिस सेवा सञ्चालन ल्याउने जनाएको हो । 

सो कार्य गर्नको लागी बुधवार मात्रै मार्क इन्टरनेसनल किड्नी सेन्टरका तर्फबाट डाक्टर अर्चन शमशेर राणा र नवजीवन अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर बिदुरमणी ढकालले सहमति सहित सम्झौता पत्रमा हस्ताक्षर गरेको अस्पतालले जनाएको छ । 

सुदूरपश्चिमका किड्नीका बिरामीहरू लाई सहज तरिकाले डायलिसिस सेवा प्रदान गर्ने उद्देश्य सहित मार्क इन्टरनेसनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा नवजीवन अस्पताल भित्रै डायलिसिस सेन्टर वैशाख अन्तिम सम्म सञ्चालनमा आउने गरी तयारी थालिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विदुर मणि ढकालले जानकारी जानकारी दिए ।

त्यस्तै, सुदूरपश्चिममा अन्य कुनै पनि प्राइभेट अस्पतालहरूमा सञ्चालनमा आएको डायलिसिस सेवा सरकारी निकाय सँगको सहकार्यमा बिरामीहरूलाई डायलिसिस सेवा निःशुल्क दिने गरी सञ्चालन ल्याउन लागेको मार्क इन्टरनेसनल किड्नी सेन्टरका डाक्टर अर्चन शमशेर राणाले बताए । राणाले तत्काल १० वटा मेसिन सहित सुदूरका किड्नीका बिरामीहरूका दुःखलाई सुखमा परिणत गर्ने उद्देश्य सहित डायलिसिस सेन्टर सञ्चालनमा ल्याउने  प्रयत्न गरिरहेको समेत दाबी गरे । 

हप्तामा सुदूरपश्चिम प्रदेशमा ५०० जना डायलिसिस गर्ने बिरामीहरू रहेको भए पनि ३०० जनालाई डायलिसिस उपचार सेवा दिने राणाको दाबी छ । 

अहिले बिरामीले उपचार गराउन काठमाडौँ तथा भारतमा जानुपर्ने बाध्यता भए पनि सो बाध्यता हट्ने र समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता समेतमा कमी आउने विश्वास डा. राणाले लिएका छन् ।