नेपाल सुपर लिग 'अक्सन' : धनगढी एफसीले खर्चियो २४ लाख रकम

नेपाल सुपर लिग 'अक्सन' : धनगढी एफसीले खर्चियो २४ लाख रकम

नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साविक उपविजेता समेत रहेको धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टोली बनेको छ। काठमाडौंको सोल्टी होटेलमा भएको अक्सनमा धनगढीले २४ लाख रकम खर्चै गर्दै १५ खेलाडी अनुबन्ध गरेको हो ।

अक्सनमा हरेक टोलीले कम्तीमा १८ लाख खर्च गर्नुपर्ने थियो भने बढीमा २५ लाख सम्म खर्च गर्न पाउने प्रावधान राखिएको थियो। धनगढीले ‘ए’ क्याटेगोरीबाट सिमान्त थापा, पुजन उपरकोटी, आकाश बुढामगर र नवयुग श्रेष्ठलाई अनुबन्ध गर्‍यो। सिमान्त, पुजन र आकाशलाई सर्वाधिक ३ लाख ५० हजार खर्चेको छ।

यता, धनगढीले ‘नवयुग’लाई विसलिस्टबाट १ लाख ५० हजारमै अनुबन्ध गर्‍यो। गत सिजन पोखरा थन्डर्सबाट एनएसएल खेलेका नवयुलाई पहिलो चरणमा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन्। ‘ए’ डिभिजन लिग अगाडि नवयुगले चोट बोकेका थिए। उनी हाल चोटमुक्त भइसकेका छैनन्। 

धनगढीले ‘बी’ क्याटेगोरीबाट शिशिर लेखी, प्रशान्त अवस्थी, राजु योगी, रुपेश केसी, प्रवेश कुँवर, टंकबहादुर बस्नेत, ‘सी’ क्याटेगोरीबाट अमृत श्रेष्ठ, रवि थिङ, सुशान श्रेष्ठ, दिलेन लोक्तान र पासाङ लामालाई अनुबन्ध गर्‍यो। यता, धनगढीले सुशान्त श्रेष्ठलाई ५० हजारमा अनुबन्ध गरेको छ।

धनगढीले जम्मा १ लाख मात्र अक्सनबाट बचाएको छ।