काँग्रेस कैलाली अधिवेशन : पदाधिकारीको मतगणना सम्पन्न, को-को भए विजयी ?

काँग्रेस कैलाली अधिवेशन : पदाधिकारीको मतगणना सम्पन्न, को-को भए विजयी ?

धनगढी । नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । सभापतिको मतगणना बिहीबार सकिएकोमा शुक्रबार उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

यही फागुन १५ गतेबाट सुरु भएको अधिवेशनमा दोस्रो चरणबाट सभापतिमा नारायणदत्त भट्टले १३५९ मत प्राप्त गरेकोमा उपसभापतिमा भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाश बहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मतल्याउदै विजयीभएका छन् ।

सचिवमा बम प्यानलका नृपबहादुर सुनार सर्वाधिक १४९३ मत प्राप्त गरेका छन् । भने अर्को भट्ट प्यानलका केशव मिश्र ११५६ मतसहित सचिवमा विजयी भएका छन् । यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मतल्याउदै निर्वाचित भएका छन् ।