सडकको गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

सडकको गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रबार अवलोकन गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिए।

उनले भने, ‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।’

श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्रे, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ । सडक डिभिजन र सहरी विकास मन्त्रालयमार्फत पाँच करोड रुपैयाँको लगानीमा काम भइरहेको र त्यसका लागि सडक डिभिजनबाट रु दुई करोड र सहरी विकास मन्त्रालयबाट रु तीन करोड विनियोजन भएको थियो । उक्त मार्गमा ५०० मिटर सडक कालोपत्र, तीन हजार मिटर नाला र चार हजार मिटर सडक ग्राभेल गरिने भएको छ ।