सुदूरपश्चिम खप्तड गोल्डकपको आज हुने खेलमा हिमालयन शेर्पा र नव जन जागृति भिड्दै

सुदूरपश्चिम खप्तड गोल्डकपको आज हुने खेलमा हिमालयन शेर्पा र नव जन जागृति भिड्दै

नेपालको सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा दिउँसो ३ बजे सुरु हुनेछ ।

ए डिभिजन क्लब हिमालयन आज जन जागृतिलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ। जागृति पनि हिमालयनलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । यस अघि प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई हराएको थियो ।  त्यस्तै दोस्रो खेलमा बागमती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । 

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।