बाँच्छु भनेर नि खबर गर्न चर सम्म पाउने छैन
दिन यस्तो आउला मर्न जहर सम्म पाउने छैन
मदहोसी यतिसम्म होला भन्ने सोचको थिएन
सौदा इमानको हुँदा ऊ खबर सम्म पाउने छैन
तिम्रो समाजवाद यस्तो हुन्छ भन्ने थाहा थिएन
स्वाभिमान बोकेर त बस्ने घर सम्म पाउने छैन
तर जीवनभरिको उपलब्धि शिरमै राखेको छु
दुष्ट नयनहरू त हेर्ने अवसर सम्म पाउने छैन।