दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा चन्द

दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा चन्द

कैलाली । दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको नयाँ नेतृत्व चयन भएको छ । समाजका निवर्तमान अध्यक्ष जय वहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रमबाट कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी चेतन बिक्रम चन्दको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ।

उक्त समितिको उपाध्यक्षमा त्रिनगर माविका विशाल भट्ट र सुदुरपश्चिमान्चल एकेडेमीकी आश्था चन्द, सचिबमा कैलाली बहुमुखी क्याम्पसकि ललिता ओझा त्यसैगरी कोषाध्यक्षमा रोसन कुँवर, सह-सचिव राकेश मडै, सह-कोषाध्यक्षमा निर्मला अवस्थी, सदस्यहरुमा करुणा चन्द, प्रतिभा भण्डारी, सरश्वती महरा, कविता भण्डारी, श्रुती चन्द र प्रविन बिष्ट रहेका छन्।