कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका(१९ फूलबारीका २२ वर्षीय टाइसन कुश्मी चौधरी  खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको हो । उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।