सुनको मूल्य एक लाख नाघ्यो, डेढ वर्ष यताकै महंगो

सुनको मूल्य एक लाख नाघ्यो, डेढ वर्ष यताकै महंगो

आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुुगेको रेकर्ड छ । करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो ।

चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १४१५ रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।