कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, राणामाथिको महाअभियोग बारे छलफल

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, राणामाथिको महाअभियोग बारे छलफल

प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

दिउँसो १ बजेका प्रतिनिधिसभाको बैठकको कार्यसूची लगायत विषयमा छलफल गर्न सभामुखको आह्वानमा कार्यव्यवस्था परिामर्श समितिको बैठक बोलाइएको हो।

नयाँ बानेश्वरमा जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाभियोगमाथिको छलफललाई अगाडि बढाउने विषयमा छलफल जारी छ।

गत फागुन २ गते प्रधानन्यायाधीश विरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपनि यसमाथिको कारबाहीको प्रक्रिया अघि बढेको थिएन। 

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्ने अर्को कार्यसूची रहेको छ।