एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक

नेकपा (एकीकृत समाजवादी) पार्टीले  पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको छ । 

फागुन २३ गते  पोलिटब्युरो र फागुन २५ र २६ गते  केन्द्रीय समिति  बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।