कांग्रेस बैतडीको कार्यसम्पादन समिति गठन

कांग्रेस बैतडीको कार्यसम्पादन समिति गठन

बैतडी । नेपाली कांग्रेस बैतडीले कार्यसम्पादन समिति गठन गरेको छ । पाटनमा सम्पन्न जिल्ला कार्यसमितिको तेस्रो बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।

बैठकले पार्टीको विधानअनुसार कार्यसम्पादन समिति गठन गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो । जिल्ला सभापति चतुरबहादुर चन्दको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा कांग्रेस जिल्ला उपसभापतिद्वय वीरबहादुर विष्ट र खगेन्द्रसिंह धामी, सचिवद्वय देवराज जोशी र प्रेम चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिवद्वय दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाँडलगायतका रहेका छन् ।

हाल २५ जनाको समिति गठन गरिएको भए पनि पछि थप ८ जनालाई मनोनीत गरिने जनाइएको छ । यस्तै, फागुन २६ गते शिवनाथको सुल्लेखानमा आमसभाको आयोजना गर्ने र त्यसमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको सहभागिता रहने जिल्ला सचिव प्रेम चन्दले बताउनुभयो ।यसैबीच, उक्त बैठकले यही फागुन २८ गतेदेखि घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।