बलात्कार आरोपी एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपी एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।

बलात्कार अभियोगमा बानियाँ पक्राउ परेकाले उनको पद निलम्बन भएको जानकारी सभामुख अग्नि सापकोटाले आइतवारको संसद बैठकमा जानकारी दिएका छन् । 

जुम्ला घर भएकी माओवादी नेतृ एवम् शिक्षिकालाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा उनलाई बाँके प्रहरीले गत सोमबार नेपालगञ्जबाट पक्राउ गरेको थियो। 

बानियाँले गत माघ १८ गते २५ लाख रुपैयाँ दिने भन्दै होटलमा बोलाए बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्।